सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा दोस्रो पटक स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन हुँदैछ। जसका लागि आगामी चैत ३ गते विश्वविद्यालयका सबै आंगिक क्याम्पसहरुमा स्ववियू निर्वाचन हुँदैछ।
विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र उम्मेदवारहरुले स्ववियू निर्वाचनमा भाग लिएका छ्न् । साथै आफ्ना विभिन्न प्रतिबद्धता पनि व्यक्त गरेका छन् । स्ववियू निर्वाचनको मिति नजिकिदै गर्दा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पनि आफ्ना १० ग्यारेन्टीहरु सार्वजनिक गरेको छ ।
अनेरास्ववियुबाट मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा अध्यक्षको लागि प्रकाश प्रसाद रिजालले उम्मेदवारी दिएका छन् । यस्तै सचिवको उम्मेदवारमा भुपेन्द्र भण्डारी र कोषाअध्यक्षमा जगत जंग शाहीले उम्मेदवारी दिएका छन् ।
यस्ता छन्, अनेरास्ववियुले सार्वजनिक गरेका १० ग्यारेन्टीहरु :
१. पाठ्यक्रममा आधारीत पाठ्यपुस्तक र E-Library,
२. नियमित खेलकुद प्रतियोगिता र Sport Hall व्यवस्था,
३. Hello स्ववियू सहित शैक्षिक सहायता कक्षा,
४. स्वच्छ खानेपानी र व्यवस्थित शौचालय,
५. नि-शुल्क स्वास्थ्य सिविर र सेनेटरी प्याड,
६. शैक्षिक क्यालेण्डर साथमा, छात्रवृत्ति हातमा,
७. कागज रहीत प्रसासन,
८. सुविधा सम्पन्न र स्तरीय प्रयोगशाला,
९. Digital with one card policy,
१०. रोजगारीको लागि सम्भावनाको खोजी र नियमित
अन्तरक्रिया ।
संवाददाता । सोमबार, फागुन २९, २०७९ मा प्रकाशित