Karnali Media
२०८३ असार १६ , मंगलबार

मध्यपश्चिम विश्वविद्यालयको स्थगित स्ववियू निर्वाचन चैत्र ५ गते हुने



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को स्थगित निर्वाचन चैत्र ५ गते हुने भएको छ । चैत्र ३ गतेबाट हुने भनिएको निर्वाचन विश्वविद्यालय अन्तर्गतको (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेपछि स्थगित भएको थियो ।

शुक्रबार विश्वविद्यालयले सुचना जारी गर्दै अदालतमा मुद्दा परि स्थगित गरिएका बाहेक अन्य सम्पूर्ण आंगिक क्याम्पसहरुमा चैत्र ५ गते स्ववियू निर्वाचन गर्ने जानकारी दिएको छ ।


प्रकाशित मिति : २०७९ चैत ३ गते शुक्रबार