सुर्खेत । सुर्खेतमा वन मुद्दामा फरार एकजना पक्राउ परेका छन् ।
सुर्खेत जिल्ला अदालतबाट वन मुद्दामा ५ महिना १२ दिन कैद सजाय र ६० हजार ८ सय जरिवाना तोकिएर फरार रहेका सुर्खेत भेरीगंगा नगरपालिका–१ बसेरी बस्ने धन बहादुर पुलामीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट सादा पोशाकमा खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
संवाददाता । सोमबार, चैत ०६, २०७९ मा प्रकाशित