Karnali Media
२०८३ असार १६ , मंगलबार

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु



दैलेख । दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

नेपालगन्जबाट दैलेख आउँदै गरेको मनकामना ग्याँस बोकेको भे १ ख २२०१ नम्बरको ट्रक बुधबार विहान गुराँस गाउँपालिका ४ मा सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दैलेखमा डिएसपी किसोर लम्सालले जानकारी दिए ।


ट्रकमा ४ जना सवार रहेको र मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकि रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०७९ चैत ८ गते बुधबार