दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले ५ सय लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । प्रहरीले बुधबार जिल्लाका विभिन्न स्थानबाट घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको हो ।
इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरिक्षक कृष्ण डाँगीको कमाण्डमा गएको प्रहरीको टोलीले दुल्लु नगरपालिका १० गमौडी, राजाकाँध, शिरस्थान मन्दिर नजिक र भैरबी गाउँपालिकाको खोली बजार र रावतकोट आसपासमा अबैध मदिरा बेचबिखन गर्ने होटलहरुमा चेकजाच गर्दा लोकल मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ एक हजार लिटर र तयारी अवस्थामा रहेको मदिरा पाँच सय लिटर बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
यस्तै, घरेलु मदिरा बनाउन प्रयोग हुने ५ सेट भाडाहरु पनि बरामद गरि नष्ट गरिएको प्रहरीको भनाइ छ ।
संवाददाता । बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित