सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय व्ययवस्थापन संकाय (मुसोम) दोस्रो सेमेस्टारमा अध्ययानरत विद्यार्थीले स्थानीय कच्चा पदार्थको प्रयोग गरेर विभिन्न सामाग्रीहरु निमार्ण गरेका छन् ।
विद्यार्थीहरुले स्थानीय कच्चा पदार्थको प्रयोग गरेर विभिन्न कस्मेटिक तथा भान्सामा प्रयोग हुने मसलाहरु तयार गरेका हुन् । विद्यार्थीले उत्पादन गरेका सामाग्रीहरुमा गाजल, मिक्स मसला, फेस प्याक, टि–मसला, ग्रिन चिल पाउडर र सेनेटरी प्याड निमार्ण गरेका हुन् । विद्यार्थीहरुले परियोजना कार्य अन्तर्गत ३ दिन लगाएर यी सामाग्रीहरु निमार्ण गरेको वताएका छन् । निमार्ण गरिएका समाग्रीहरुको मंगलबार विद्यार्थीहरुले प्रदर्शन गर्दै स्थानिय कच्चा पदार्थको प्रयोग गरेर यी सामाग्रीहरु निमार्ण गरेको कर्णाली मिडियालाई जानकारी दिए ।
विद्यार्थीहरुको यस्तो सिर्जनात्मक कामहरु देखेर शिक्षकहरुले पनि खुसी व्यक्त गरे । व्यवस्थापन संकायका प्रोफेसर डिलु ढुङ्गानाले विद्यार्थीको रचनात्मक कामलाई प्रसंसा गर्दै आगामी दिनमा पनि यस्ता कामहरुलाई निरन्तरता दिनुपर्ने वताए । स्थानिय उत्पादनलाई प्रवर्द्धन गर्नु पनि विद्यार्थीको प्रमुख दायित्व भएको उनको भनाइ छ ।
सुजिता रोकाया । बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित