सुर्खेत । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कर्णाली प्रदेशलाई देशकै गरिब प्रदेशको रुपमा चित्रण हुनु विडम्बना भएको बताएका छन् । नेपाल समाजवादी पार्टीको प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रमको लागि सुर्खेत आएको उनले मन्त्रीमण्डलले केही दिनमा पूर्णता पाउने बताए ।
पत्रकारहरुसंग कुरा गर्दै उनले अवको प्राथमिकता पाँच बर्ष स्थिर सरकार दिने साथै कानुन निमार्णमा पूर्णता दिने भएको वताए । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भने, ‘हामी अहिले मन्त्रीमण्डलाई पूर्णता दिन लागि परेका छौँ । त्यसपछि निरन्तर काम अगाडि बढ्छ । हाम्रो मुख्य उदेश्य देशको गरिबी अन्त्य गर्ने, शिक्षालाई गुणस्तरिय बनाउने, जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने र देशलाई आर्थिक समस्याबाट निकास दिन आवश्यक छ । यसको लागि जनताले पनि अवसर पनि दिएका छन् ।’
यस्तै, पूर्व माओवबादीको एकताबारे पत्रकारले सोधेको प्रश्नमा उनले भने हामी माओवादी र समाजवादीको मात्र एकता नभएर विचार मिल्ने सबै शक्तिहरु एक ठाउँमा आउनुपर्ने र यसको लागि वार्ता पनि भएको बताए ।
संवाददाता । शनिबार, चैत ११, २०७९ मा प्रकाशित