Karnali Media
२०८३ भदौ १५ , सोमबार

सुर्खेतमा अवैध रुपमा ल्याउँँदै गरेको १० क्विन्टल चिनी बरामद



सुर्खेत । सुर्खेतमा अवैध रुपमा ल्याउँदै गरेको १० क्विन्टल चिनी वरामद गरिएको छ ।


जिल्लाको भेरीगंगा नगरपाालिका १२ छिन्चु बजारमा डिउटीमा खटिएका ९ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउँदै गरेको ना.३ख.९२७ नम्बरको ट्रक चेक जाँच गर्दा उक्त ट्रक भित्र लुकाई छिपाई ल्याएको कुनै पनि विल नभएको ५० प्रतिकेजीका दरले २० बोरा चिनी (१० क्विन्टल) र अन्य पान सम्बन्धी बिभिन्न आईटम सामाग्रीहरु बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत १३ गते सोमबार