सुर्खेत । सुर्खेतमा लगूऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्लको वीरेन्द्रनगर नगरपालिका–२ सुनपुर नजिक बाटोमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रदेश लागूऔषध ब्युरो शाखा र जिल्ला प्रहरी कार्यालय सुर्खेत खटिएको प्रहरी टोलिले वीरेन्द्रनगर २ बस्ने वर्ष १९ को श्रावण तिमिल्सेना र बर्ष २३ को अनिल बुढाको शरिर खानतलासी गर्दा अनिल बुढाको दाहिने हातको मुठि भित्रबाट शुद्ध ७० मिलिग्राम लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ ब्राउन सुगर बरामद गरी अनुसन्धानको लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ चैत २२ गते बुधबार



