सुर्खेत । सुर्खेतको प्रमुख धार्मीक तथा पर्यटकीय स्थल देउती बज्यै मन्दिरमा नयाँ बर्ष २०८० को पहिलो दिन आज विहानैबाट दर्शनार्थीको भिड लागेको छ ।
नयाँ बर्षको दिन पुजापाठ गर्ने भक्तजनहरु विहानैबाट मन्दिर पुगेका हुन् । सधैजसो यो मन्दिरमा पुजापाठ गर्नेहरुको भिड लाग्ने भएपनि आज दैनीक भन्दा दोब्बरको संख्यामा दर्शनार्थी मन्दिर पुगेका हुन् ।
दर्शनार्थीको भिड हुँदा पुजा गर्न पनि घण्टौसम्म पनि लाइन लाग्नुपर्ने अवस्था आएको छ । विहानैदेखि लाइन लागेका दर्शनार्थीहरु नयाँ बर्षको अवसरमा पुजा गर्न आएको र ५ बजेदेखि नै मन्दिर भिड रहेको बताएका छन् ।
संवाददाता । शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित