Karnali Media
२०८३ भदौ १५ , सोमबार

मध्यपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा अनेरास्ववियुका विद्यार्थीले तालाबन्दी गरेका छन् । विश्वविद्यालयले शिक्षालाई निजिकरण र व्यापारिकरण गर्न खोजेको भन्दै अनेरास्ववियुले विभिन्न विरोधका कार्यक्रमहरु राख्दै आज तालाबन्दी गरेको हो ।

मध्यपश्चिम विश्वविद्यालयले २०७९ चैत २९ गते सम्बन्धन सम्बन्धी आवेदन खुल्ला गरिएको सुचना प्रकाशित गरेको प्रती अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको बताउँदै निजीकरणलाई प्रसय दिने विश्वविद्यालयको कदम प्रती विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको अनेरास्ववियुले विज्ञप्ति मार्फत जनाएको छ ।


विश्वविद्यालयले सुचना रद्ध नगर्ने बेलासम्म केन्द्रिय क्याम्पसमा तालाबन्दी रहने साथै विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार लगायत सम्पुर्ण पदाधिकारीहरुको गाडीमा रोक लगाउने र अनिस्चित समयका लागि धर्ना बस्ने जस्ता विरोध कार्यक्रमहरु गर्ने पनि अनेरास्ववियुले जनाएको छ ।

प्रकाशित मिति : २०८० वैशाख ६ गते बुधबार