Karnali Media
२०८३ असार १६ , मंगलबार

निःशुल्क स्वास्थ्य सेवा दिदै महाबु गाउँपालिका



दैलेख । दैलेखको महाबु गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । पालिकाले मोतिविन्दुको समस्या भएका नागरिकहरुलाई निःशुल्क उपचार गर्ने भएको हो ।

गाउँपालिकाको कार्यवहाक अध्यक्ष मन्जु कुमारी शर्माले गाउँपालिकाका नागरिकलाई सर्भसुलभ रूपमा स्वास्थ्यको पहुँचमा पुर्याउने उदेश्यले महाबु गाउँपालिका दैलेख र नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखा को समन्वयमा निःशुल्क रूपमा स्वास्थ्य सेवा दिन लागेको जानकारी दिइन ।


पालिकाले यहि बैशाख २२ गते २७ गते सम्म मोतिबिन्दु भएका बिरामीहरुको छनोट गर्ने र छनोटमा परेको बिरामीहरुको मिति यहि बैशाख २९ गतेदेखि जेष्ठ १ गतेसम्म निःशुल्क रूपमा सल्यक्रिया गरिने कार्यवहाक अध्यक्ष शर्माको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० वैशाख १३ गते बुधबार