Karnali Media
२०८३ जेठ २६ , मंगलबार

बाजुराको केन्द्रबिन्दु भएर गएराती ५.९ म्याग्निच्यूडको भूकम्प



बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो।

बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ः५८ बजे ४.९ म्याग्निच्यूडको र १ः३० बजे ५.९ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ।

भूकम्प गएपछि मानिसहरु मध्यरातमा घरबाहिर निस्केका थिए।


बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भूकम्पको क्षतिबारे जानकारी नआएको बताए।

क्षतिको विवरण संकलन गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति : २०८० वैशाख १५ गते शुक्रबार