Karnali Media
२०८३ जेठ २७ , बुधबार

रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसदको शपथ लिने



काठमाडौं, १५ वैशाख । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा विजयी भएका तीन सदस्यमध्ये रवि लामिछाने र डा। स्वर्णिम वाग्लेले मात्रै आज पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

वाग्ले र लामिछानेलाई सभामुख देवराज घिमिरेले आज विहान ११ः३० बजे सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेका हुन्। लामिछाने चितवन २ र वाग्ले तनहुँ १ बाट भारी मतान्तरसहित निर्वाचित भएका हुन् ।


बारा २ बाट निर्वाचित सांसद् उपेन्द्र यादवको भने आज शपथ नहुने बुझिएको छ । उनि निर्वाचन क्षेत्र बारा मै भएको कारण उनको शपथ रोकिएको हो ।

प्रकाशित मिति : २०८० वैशाख १५ गते शुक्रबार