Karnali Media
२०८३ जेठ २७ , बुधबार

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसद पदको शपथ



काठमाडौँ । उपनिर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले सांसद पदको शपथ लिएका छन् ।

लामिछाने र वाग्लेलाई सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् । बारा–२ बाट निर्वाचित जसपाका उपेन्द्र यादव भने बारामै रहेकाले आज उनको शपथ ग्रहणको कार्यक्रम भएन।


प्रकाशित मिति : २०८० वैशाख १५ गते शुक्रबार