शनिवार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका केही तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आइतवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका केही तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।
सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका केही तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।
सोमवार राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका थोरै तथा तराईका १–२ स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
संवाददाता । शनिबार, बैशाख १६, २०८० मा प्रकाशित