Karnali Media
२०८३ भदौ ७ , आइतबार

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य



सुर्खेत । कर्णाली प्रदेशको सभाको दोस्रो कार्याकालको पहिलो अर्थात चालु अधिवेशन अन्त्य भएको छ। आज राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य हुने भएको हो ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख समक्ष सिफारिस पत्र बुझाएका थिए। पत्र प्राप्त भएसँगै प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने भएका हुन् ।


चालु अधिवेशन अन्तर्गत अहिलेसम्म १५ वटा बैठक बसेका छन्।

प्रकाशित मिति : २०८० वैशाख १७ गते आइतबार