Karnali Media
२०८३ असोज १७ , शनिबार

सुर्खेतको पञ्चकोशी डेण्टल र इसेवाबीच सम्झौता, दन्त उपचारमा ११ प्रतिशतसम्म छुट



सुर्खेत । सुर्खेतस्थित पञ्चकोशी डेण्टल क्लिनिक र इसेवा सुर्खेतबीच दन्त उपचार सेवामा छुट तथा क्यासब्याक उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार इसेवा केयरमार्फत बीमा गरेका सेवाग्राहीले पञ्चकोशी डेण्टलमा दन्त उपचार गराउँदा ११ प्रतिशत छुट पाउनेछन्। यस्तै, पञ्चकोशी डेण्टलमा इसेवामार्फत भुक्तानी गर्ने सबै ग्राहकले ५ प्रतिशत क्यासब्याक प्राप्त गर्ने व्यवस्था गरिएको छ।


मंगलबार पञ्चकोशी डेण्टलका सञ्चालक दिपेन्द्र शाही र इसेवा सुर्खेतका शाखा प्रबन्धक कैलाश शाहीले सम्झौतामा हस्ताक्षर गर्दै सहकार्यको औपचारिक सुरुवात गरेका हुन्।

सम्झौतापछि इसेवाका ग्राहक तथा पञ्चकोशी डेण्टलमा सेवा लिने सेवाग्राही दुवैले छुट तथा क्यासब्याकको सुविधा प्राप्त गर्ने बताइएको छ। यस सहकार्यले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकलाई दन्त उपचारमा थप सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार