Karnali Media
२०८३ साउन ३१ , आइतबार

जाजरकोट पहिरो प्रभावित तीन सय जनाको उद्धार



जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित तीनसय जनाभन्दा बढीको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा तीन सय बढी पहिरो प्रभावितको उद्धार गरिएको हो।

पहिरोमा पुरिएका चार जनाको शव निकालिएको छ। त्यस्तै घाइते ८ जनाको उद्धार गरिएको छ। पहिरो प्रभावितलाई स्थानीय विद्यालयमा सारिएको छ। उनीहरूका लागि कर्णाली प्रदेश सरकारले राहत सामग्री वितरण गरिसकेको छ।


प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतबार