पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त बदलिका कारण अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ। त्यस्तै, देशै भरका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
आज राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।
संवाददाता । सोमबार, बैशाख १८, २०८० मा प्रकाशित