Karnali Media
२०८३ साउन ९ , शनिबार

राष्ट्रपति रनिङ शिल्ड : भलिबलमा कर्णालीलाई स्वर्ण पदक



राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णाली प्रदेशले भलिबल खेलमा स्वर्ण पदक जितेको छ ।

कर्णालीले भलिबल खेलमा पहिलो पटक स्वर्ण पदक जितेर इतिहास कायम गरेको कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । उनले ७ दिनसम्म बन्द शिक्षणमा खेलाडीलाई राखेपछि अपेक्षा अनुरूपको सफलता हासिल भएको बताए ।


काठमाडौंस्थित दशरथ रंगशालाको कबर्ड हलमा आयोजित १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी कर्णालीले आइतवार भलिबल खेल प्रतियोगितामा जीत हात पारेको हो । छात्रतर्फ गण्डकी प्रदेशलाई पराजित गर्दै कर्णालीले जीत हात पारेको हो । कर्णालीले अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेलेको थियो ।

वेस्ट अफ फाइभ (फाइनल) मा खेलाइएको खेलमा पहिलो सेट कर्णालीले जितेको थियो भने दोस्रो र तेस्रो सेट गण्डकीले जितेको थियो । यसैगरी चौथो सेट जित्न सफल कर्णालीले फाइनल सेट पनि आफैंले जितेको थियो ।

प्रकाशित मिति : २०८० वैशाख १८ गते सोमबार