Karnali Media
२०८३ असोज १३ , मंगलबार

उत्तरी हिल्सा नाका ४ वर्षपछि खुल्यो, हुम्लाका बासिन्दा खुसी



उत्तरी हिल्सा नाका ४ बर्षपछि खुलेको छ । कोरोना कहरका कारण ०७६ को मंसिरबाट बन्द भएको नाम्खा गाउँपालिका ५, यारीबाट चीन जोड्ने उत्तरी हिल्सा नाका चार वर्षपछि आज सोमबारबाट खोलिएको हो।

झन्डै चार वर्र्षपछि हिल्सा नाका खुलेसँगै हुम्लाका बासिन्दा खुसी भएका छन् । नाका खुलेको पहिलो दिन सोमबा र मात्र १८ हुम्ली चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट पुगेका छन् ।


नाका खुलेपनि दुबैतर्फ संचालनमा आएको भने छैन । सोमबार नाका खुलेपछि अहिले तत्काललाई नेपाल तर्फबाट चीनतिर जाने दिएको भए पनि चीनबाट नेपालतिर भने आउन दिइएको छैन । सोमबार चीनको ताक्लाकोट जान हिल्सा पुगेका १८ जना चीन पसेको प्रजिअ पौडेलले जनाए ।

प्रकाशित मिति : २०८० वैशाख १८ गते सोमबार