‘नेपाल युरोपियन फिल्म फेस्टिभल २०२३’ को १२ औँ संस्करण सुर्खेतमा आयोजना गर्न लागिएको छ ।
नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले सुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गरी आजबाट ‘नेपाल युरोपियन फिल्म फेस्टिभल’ जानकारी दिएको हो ।
मानवअधिकारको नारा लिएर वैशाख २० देखि २२ गतेसम्म सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा आयोजना गर्न लागिएको फिल्म फेस्टिभलमा युरोपका ८ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघु फिल्महरू समेत प्रदर्शन गरिने नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले जानकारी दिइन ।
उनले महोत्सवमा ‘मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका’ र ‘चलचित्रलाई कसरी बुझ्ने’ भन्ने शीर्षकमा अन्तरक्रियात्मक छलफल समेत हुने बताइन् । उनका अनुसार ‘एनी डे नाउ’ शीर्षकको फिल्म देखाउँदै सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा शुरु भएको फिल्म महोत्सव सुर्खेत हुँदै जेठ १ गते चलचित्र विकास बोर्डको हल काठमाडौँमा सम्पन्न हुनेछ ।
आजबाट वीरेन्द्रनगरको मद्यपश्चिम विश्वविद्यालयको हलमा फिल्म फेस्टिबल सुरु हुनेछ । बिभिन्न मानवअधिकार सङ्ग सम्बन्धित फिल्महरु नि:शुल्क हेर्न सकिनेछ ।
संवाददाता । बुधबार, बैशाख २०, २०८० मा प्रकाशित