Karnali Media
२०८३ असार ९ , मंगलबार

केही स्थानमा आज पनि वर्षा हुने



पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले आज पनि पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

अहिले बिहान देशभर आँशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

भोलि (बिहीबार) पहाडी क्षेत्रका केही स्थानमा र बाँकी भू-भागमा एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। राति पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षा हुनेछ ।


शुक्रबार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतस् सफा रहने छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षा हुने छ।

प्रकाशित मिति : २०८० वैशाख २० गते बुधबार