प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले नेपाली कांग्रेसबाट ३ जना मन्त्री थप गरेका हुन् ।
मन्त्री हुनेहरुमा कांग्रेसका उपसभापतिसमेत रहेका नेता धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री भएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपति रामचन्द्र पौडेलले उनीहरुलाई मन्त्रि नियुक्त गरेका हुन् ।
संवाददाता । बुधबार, बैशाख २०, २०८० मा प्रकाशित