Karnali Media
२०८३ जेठ २७ , बुधबार

नवनियुक्त ३ मन्त्रीको शपथ ग्रहण आज



नवनियुक्त तीन जना मन्त्रीहरूले आज (विहीबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको शपथ ग्रहण दिउँसो ३ बजे हुने तय भएको हो ।


राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहका बिच नवनियुक्त मन्त्रीहरुको राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० वैशाख २१ गते बिहीबार