सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिबद्धता जनाएका छन् ।
मन्त्री बस्नेतले सरकारको ध्यान आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण केन्द्रित भएको पनि जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले काठमाडौंमा बिहीबार गरेको कार्यक्रममा उनले जनताका अपेक्षा पूरा गर्न सरकारको हालसम्मको अवधिलाई तयारीको अवधिका रुपमा लिनुपर्ने दोहोर्याए ।
मन्त्री बस्नेतले सरकारले डेलिभरीको कामलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसलाई छिटै अनुभूति गर्न सकिने दाबी गरे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटपछि जनताको अपेक्षाअनुसार सरकारले काम गर्ने उनको भनाइ थियो ।
संवाददाता । बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित