राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ । ६ चैतमा प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएका थिए । उपस्थित २६२ सांसदमध्ये प्रचण्डले १७२ मत पाएका थिए । विपक्षमा ८९ मत खसेको थियो । बहुमतका लागि १३८ सांसद आवश्यक पर्नेमा प्रचण्डले सहजै बहुमत प्राप्त गरेका थिए ।
रास्वपा समेतले प्रचण्डलाई विश्वासको मत दिएको थियो । त्यतिबेला प्रचण्डलाई विश्वासको मत दिएकामध्ये २१ सीट भएको रास्वपाले समर्थन फिर्ता लिएको छ । अब ६ सिट भएको जनमतको समर्थन कायम भए पनि सरकारबाट बाहिर छ।
संवाददाता । शनिबार, बैशाख २३, २०८० मा प्रकाशित