अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राति आउँदै छ।
अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ ।
डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेबसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ । त्यसबाट डिभी परे नपरेको थाहा हुन्छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शनिबार, बैशाख २३, २०८० मा प्रकाशित