काठमाडौँ, २३ बैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोषी उम्कन नहुने बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा कोही पनि दोषी उम्कन नहुने बताएका हुन् ।
आफूले प्रहरी प्रशासनलाई दोषी जति नै शक्तिशाली वा पहुँचवाला भएपनि नछोड्न निर्देशन दिएको दाबी गरे । ‘दोषी कोही पनि नउम्किउन् तर निर्दोष कोही पनि नमुछिउन् र उनीहरूको प्रतिष्ठामा आँच आउने काम नहोस् भनेर मैले निर्देशन दिएको छु,’ मन्त्री श्रेष्ठले भने, ‘अनुसन्धानका नाममा निर्दोषले दुःख पाउने काम नहोस् भन्नेतर्फ पनि सचेत रहन भनेको छु ।’
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
उनले पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार भएको प्रसङ्गमा भने, ‘एकरदुई दिन फरार भएपनि हामीले निकाल्न त निकाल्छौँ नै । निगरानी हामीले गरिरहेकै छौँ ।’
रायमाझी सम्पर्कविहीन बनेकै साँझ प्रहरीले उनका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरी काठमाडौँ ल्याइसकेको छ । रायमाझीका बाबुछोरा नै शरणार्थी ठगी प्रकरणमा मुछिएका छन् । हिरासतमा रहेका गिरोहका सदस्यहरूले रायमाझीको संलग्नता रहेको बयान दिएका छन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शनिबार, बैशाख २३, २०८० मा प्रकाशित