Karnali Media
२०८३ जेठ २६ , मंगलबार

वीरेन्द्रनगरका सडकहरु व्यवस्थित बन्दै (तस्बिरहरु)



कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाको मुख्य बजार क्षेत्रका सडकहरु व्यवस्थित र चौडा बनाउने काम धमाधम सुरु भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको मुख्य बजार क्षेत्र मंगलगढी चोकदेखि वीरेन्द्रचोक हुँदै गणेशचोकसम्म र वीरेन्द्रचोकदेखि यरिचोकसम्मको सडक फराकिलो बनाउने काम यतिबेला भइरहेको छ । सडक साघुरो र अव्यवस्थित हुदाँ यहाँका स्थानीयलाई सास्ती हुँदै आएकोमा सडक सुधार भएपछि सहज हुने देखिन्छ ।

वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा नै पर्ने मंगलगढी–लाटिकोइली सडक पनि निमार्णले गति लिएको छ । प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले यहाँको सडक सुधारको सयुक्त काम थालनी गरेका हुन् । यस्तै रत्न राजमार्गको सडक सुधारको काम पनि भइरहेको छ ।


यसरी हुदैँछ काम (तस्बिरहरु)

प्रकाशित मिति : २०८० वैशाख २४ गते आइतबार