दैलेख । दैलेखमा १५ बर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
जिल्लाको नारायण नगरपालिका ८ तर्ताङ बस्ने बर्ष ३८ का परीवर्तित नाम ६२ ज ९७ ले आफ्नै सहोदर छोरी पर्ने बर्ष १५ की परिवर्तित नाम ६२ ज ९६ लाई कोठामा सुतिरहेको अवस्थामा मुख बुझी जबरजस्ती करणी गरेको भन्ने खबरको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई पक्राउ गरेको हो ।
शनिबार पक्राउ परेका उनलाई दैलेख जिल्ला अदालतबाट ७ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
संवाददाता । आइतबार, बैशाख २४, २०८० मा प्रकाशित