Karnali Media
२०८३ भदौ १७ , बुधबार

ढाकाकुमारले दिए सर्वोच्चमा उजुरी, आज सुनुवाइ हुने



मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकमी बार्गेनिङ गरेपछि कारबाहीमा परेका रास्वपा सांसद डा। ढाकाकुमार श्रेष्ठ सांसद पदमा पुनः बहालीको माग गर्दै सर्वोच्च पुगेका छन् । उनले प्रसाईँसँग २ करोड रुपैयाँको डिल गरेको अडियो सार्वजनिक भएको थियो । ७२ घण्टाभित्रै रास्वपाले उनलाई कारबाही गरेको हो ।


तर श्रेष्ठले संसदीय कानून विपरीत आफूलाई कारबाही गरेको भन्दै पुनः बहालीको माग गरेका हुन् । श्रेष्ठको रिटमाथि आज सुनुवाइ हुँदैछ । उनी सांसदबाट हटेको सूचना सभामुखले संसद्लाई जानकारी गराइसकेका छन् । उनको ठाउँमा एसिड आक्रमणमा परेकी विन्दबासिनी कंशाकरलाई सांसद बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८० वैशाख २५ गते सोमबार