सुर्खेत । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसद् बैठक फुकालेर असभ्य व्यवहार देखाएका छन् । उनले सोमबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै ‘सर्ट र गञ्जी’ फुकालेर असभ्य व्यवहार देखाएका हुन् ।
सभामुख देवराज घिमिरेले चेतावनी दिएपनि उनले सर्ट लगाउन मानेका थिएनन् । उनको व्यवहारलाई अशिष्ट, अश्लील र असभ्य भन्दै सभामुख घिमिरेले संसद नियमवालीको नियम ३० अन्तर्गत कारबाही गर्ने पनि चेतावनी दिएका थिए ।
संवाददाता । सोमबार, बैशाख २५, २०८० मा प्रकाशित