Karnali Media
२०८३ कात्तिक ९ , आइतबार

अर्थतन्त्रले सर्जरी नै खोजिरहेको छ झारफुकले सुधार हुँदैन : स्वणिम वाग्ले



राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकता यथास्थितिवादी निबन्ध जस्तो देखिएको बताएका छन् । यथास्थितिबादी निबन्धले अर्थतन्त्र सुधार नगर्ने उनले बताए । सांसद वाग्ले संसदको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकतामा अहिलेको आर्थिक संकटप्रति सरकार सचेत रहेको नदेखिएको उनले बताए ।

https://youtu.be/phTnnBwubgY

‘सरकारमा सेन्स अफ अर्जेन्सी देखिएन,’ उनले भने, ‘अर्थतन्त्र लयमा नरहेको र भड्खालोमा परेका बेला आर्थिक स्थायित्व र आर्थिक वृद्धिदर उकास्ने कुरा गरिएको छ । सरकारले आफ्नो आम्दानीभन्दा खर्च बढी गरिरहेको बेला वर्तमान संकट समाधानका उपाय अवलम्बन गर्न सक्नुपर्छ ।’


उनले अहिले सहुलियतपूर्ण ऋण तथा अनुदानमा दातृ निकायले कडाइ गर्दै लगेकोले पनि नेपाललाई पूँजी निर्माणमा समस्या भइरहेको उनले बताए ।

‘ओम्नीबस आर्थिक सुधारका विषय मैले नै कांग्रेसको घोषणा पत्रमा लेखेको हुँ,’ उनले भने, ‘कांग्रेसकै अर्थमन्त्रीले उक्त घोषणा पत्रको सुधारका विषय कार्यान्वयन गर्नुपर्छ ।’

उनले अहिले अर्थतन्त्रले सर्जरी नै खोजिरहेको भन्दै झारफुकले सुधार नहुने बताए ।

प्रकाशित मिति : २०८० वैशाख २५ गते सोमबार