Karnali Media
२०८३ असोज ३ , शनिबार

बजेटमा ‘गरिनेछ’ भन्ने शब्द पुरानै नियमित कर्मकाण्डीका रुपमा आयो : रवि लामिछाने



काठमाडौं, २५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद् रवि लामिछानेले नयाँ बजेटमापनि गरिनेछ भन्ने शब्द पुरानै नियमित कर्मकाण्डीको रुपमा आएको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बजेट अधिवेशनमा बोल्दै सभापति लामिछानेले नयाँ बजेटमापनि गरिनेछ भन्ने शब्द पुरानै नियमित कर्मकाण्डीको रुपमा आएको बताएका हुन्।

‘विगतका वर्षमाझैं गरिनेछले भरिएको तात्विकरुपमा विगतका वर्षहरूभन्दा फरकफरक नरहेको दस्तावेज अर्थमन्त्रीज्यूले प्रस्तुत गर्नुभयो। यो दस्तावेजमा केही शब्द र वाक्यको हेरफेरगरि प्रस्तुत गरिने नियमित कर्मकाण्डीका रुपमा आएको छ, ’ उनले भने।


उनले बजेटमा गर्छौं भन्ने हो भने त्यो गरेरै छाड्नुपर्ने भन्दै आशाका पुलिन्दामात्रै पस्किन नहुने बताए। यदि गरिएन भने किन? भएन त्यो सार्वजनिक हुनुपर्छ। गरिनेछले मात्रै भरिएको दस्तावेज भएकोपनि उनले उल्लेख गरे।

https://youtu.be/qrucqToGYfY

प्रकाशित मिति : २०८० वैशाख २५ गते सोमबार