काठमाडौं, २६ वैशाख । आज पनि प्रि–बजेटका बारेमा छलफल हुने भएको छ । आइतवार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आज पनि प्रि–बजेटका बारेमा छलफल हुन लागेको हो ।
जसअनुसार वैशाख २५ देखि २८ गतेसम्म प्रि–बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिएका थिए ।
उनका अनुसार प्रि–बजेटमाथि विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात् बैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएअनुसार प्रि–बजेटमा निरन्तर छलफल जारी राखिएको हो ।
संबैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्वसन्ध्यामा राजनीतिक दलहरुले प्रि–बजेटका बारेमा छलफल शुरु गरेका छन् ।
संवाददाता । मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित