सुर्खेत । सुर्खेत महिला जेसीजले त्रीपुरेश्वर माविका छात्राहरुलाई आत्मसुरक्षा तालिम दिएको छ ।
मंगलबार महिला माथिको बढ्दो हिंसा न्यूनीकरण गर्ने उद्देश्यले सुर्खेत महिला जेसीजले त्रीपुरेश्वर मा.वी. ढोडेखालीमा आत्मसुरक्षा तालिमको सम्पन्न गरेको हो ।
महिलामाथिको बढ्दो शारीरिक हिंसा कायम रहेकाले यसको न्यूनीकरण गर्न महिला आत्मसुरक्षा तालिम एवं सचेतना अभियान सञ्चालन गरिँदै आएको सुर्खेत महिला जेसिजले जनाएको छ।
यो अभियान वर्ष २०२० देखि प्रमि शाक्य प्रमि शाक्यले शुरुवात गरेकी हुन् ।
सेल्फ डिफेन्स एसाेसियनका काेच पशुपति बुढाले कक्षा ९ र १० का लगभग ५० जना छात्राहरुलाई आत्मसुरक्षा तालिम दिएकी थिइन् ।
महिलाहरू आफैले आफ्नो सुरक्षा गर्न सकुन भनेर विशेष गरेर विद्यालयमा अध्ययनरत किशोरीहरूका लागि आत्मसुरक्षा तालिम संचालन गरिएको सुर्खेत महिला जेसिजकी अध्यक्ष सीता भण्डारीले जानकारी दिईन् ।
महिला आत्मसुरक्षा तालिमका प्रशिक्षक पशुपति बुढाले छात्राहरुलाई हिंसाबाट जोगिन मानसिक र शारिरीक रुपमा कसरी तयार पार्न तालिम सहयोगी हुने अपेक्षा गरेकी छन् ।
संवाददाता । मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित