Karnali Media
२०८३ असार १७ , बुधबार

दैलेख आठबीसको जंगलमा लागेको आगो निभाउन गएका ११ जना घाइते



दैलेख । दैलेखको आठबीस नगरपालिका–६ को सामुदायिक जंगलमा लागेको आगो निभाउन गएका ११ जना आगलागीमा परेर घाइते भएका छन् ।

घाइतेमा एक जनाको गम्भिर घाइते, ३ जना केही घाइते र ७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किसोर लम्सालले जानकारी दिए । उनका अनुसार घाइतेहरुको राकम अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ ।


आगलागिमा गम्भिर घाइते एकजनाको थप उपचारका लागि हेलिकष्टरबाट काठमाडौं लैजाने जिल्ला प्रसाशन कार्यालय दैलेखले तयारी गरेको छ । यसका लागि अहिले प्रमुख जिल्ला अधिकारी लगायतको बैठक जारी रहेको छ ।

प्रकाशित मिति : २०८० वैशाख २७ गते बुधबार