Karnali Media
२०८३ असार १७ , बुधबार

दैलेखमा आगलागीबाट गम्भीर घाइते भएका ४ जनालाई हेलिकप्टरबाट काठमाण्डाै लगियाे



दैलेख । जिल्लाको आठबीस नगरपालिका–६ माल्यको वनमा भएको आगलागीमा गम्भीर घाइते भएकाको उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

आगलागीमा ११ जना घाइते भएकोमा चार जनालाई थप उपचारका लागि काठमाण्डाै लगिएकाे हो । गृह र रक्षा मन्त्रालयसँग समन्वय गरेर गम्भीर घाइते चार जनालाई थप उपचारका लागि हेलिकप्टर लगिएको छ ।


घाइतेको हाल काठमाण्डाैकाे कीर्तिपुर अस्पताल उपचार थालिएकाे छ ।

घाइतेहरू आठबीस–६ सिगासैनका ३५ वर्षीय भीमबहादुर विक, ३४ वर्षीय प्रकाश विक, ३० वर्षीया बसन्धुरा विक र ३२ वर्षीया जुना विकलाई काठमाण्डौ पुर्‍याइएकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रकाशित मिति : २०८० वैशाख २७ गते बुधबार