दैलेख । जिल्लाको आठबीस नगरपालिका–६ माल्यको वनमा भएको आगलागीमा गम्भीर घाइते भएका एकजनालो उपचारका क्रममा निधन भएको छ ।
आठबीस नगरपालिका- ६ राता निवासी भैरे विकको उपचारको क्रममा भेरि अस्पताल नेपालगन्जमा निधन भएको हो ।
बुधबार दिउँसो भएको आगलागीमा ११ जना घाइते भएकोमा चार जनालाई थप उपचारका लागि नेपालगन्ज र अन्य चार जनालाई हेलिकप्टर मार्फत काठमाडौं लगिएकाे थियो । गृह र रक्षा मन्त्रालयसँग समन्वय गरेर गम्भीर घाइते चार जनालाई थप उपचारका लागि हेलिकप्टर लगिएको छ ।
घाइतेहरू आठबीस–६ सिगासैनका ३५ वर्षीय भीमबहादुर विक, ३४ वर्षीय प्रकाश विक, ३० वर्षीया बसन्धुरा विक र ३२ वर्षीया जुना विकलाई काठमाण्डौ पुर्याइएकाे थियो । यस्तै ५५ वर्षीय भैरव विक, ३२ वर्षीय नैनी कामी, ३३ वर्षीय नविन वि.क र २९ वर्षीय प्रजा वि.कको उपचारको लागि भेरी अस्पतालमा लगिएको थियो । उपचारका क्रममा ५५ वर्षीय भैरव विकको निधन भएको अस्पतालले जनाएको छ । अन्यको उपचार भइरहेको छ ।
संवाददाता । बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित