Karnali Media
२०८३ भदौ १७ , बुधबार

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति देउवा र रक्षामन्त्री खड्काले भेटे



काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक अगाडि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। बिहीबार बिहान सभापति देउवासँगै उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्षनेताहरु पक्राउ पर्न थालेपछि प्रचण्ड र देउवाको भेट बाक्लिएको छ। यसै प्रकरणमा हिजो मात्रै कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका थिए।


सोही विषयमा छलफलका लागि कांग्रेस आज २ बजे धुम्बराहीमा पार्टी पदाधिकारी बैठक बोलाएको छ।

प्रकाशित मिति : २०८० वैशाख २८ गते बिहीबार