Karnali Media
२०८३ कात्तिक २३ , आइतबार

बागीना सांस्कृतिक घरको सिलान्यास



सुर्खेत । कर्णाली प्रदेशकै पहिलो बागीना थियटर (सांस्कृतिक घर) को सिलान्यास गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बागीनाको प्राङ्गणमा बागीना थियटरको निमार्ण सिलान्यास गरिएको हो ।

विहिबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले थियटरको सिलान्यास गरेकी हुन ।वीरेन्द्रनगर नगरपालिकाको मुख्य आर्थिक सहयोग तथा आर्थिक मामिला मन्त्रालयको सहयोगमा उक्त थियटर निर्माण हुन लागेको बागीना समुहका कार्यवहाक अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।


सिलान्यास कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका ८ का वडा अध्यक्ष टिकाराम शर्मा, बागीना समुहका अग्रज कलाकारहरू लगायतको उपस्थित रहेको थियो । कर्णाली प्रदेशमा कलाकारहरूले नाटक, गीत, संगीत, साहित्य र चलचित्र महोत्सव पनि गर्न सकिने उदेश्यले उक्त थियटर निर्माण थालिएको हो ।

प्रकाशित मिति : २०८० वैशाख २८ गते बिहीबार