Karnali Media
२०८३ असार १७ , बुधबार

दैलेखमा चट्याङबाट एकै परिवारका ४ जना घाइते



दैलेख । हावाहुरी सहित परेको चट्याङ लागेर दैलेखमा एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार राती चट्याङ लागेर जिल्लाको डुङगेश्वर गाउँपालिका– २ लाकुरी खाम्ने स्थित प्रवीण विकको घरमा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घाइते हुनेमा २१ वर्षीय पारस विक, १६ वर्षीय हेमा विक, १७ वर्षीय पूर्णा विक र २० वर्षीय पुष्पा विक रहेको छन् । उनीहरू सबै एउटै परिवारका हुन् । घाइतेहरूको हाल जिल्ला अस्पताल कार्यालय दैलेखमा उपचार भइरहको छ ।


प्रकाशित मिति : २०८० जेठ २ गते मंगलबार