काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सरकार अनावश्यक खर्च कटौतीमा निर्मम हुनुपर्ने बताएका छन् ।
आजबाट सुरू भएको संसदको अर्थ समितिमा बोल्दै राप्रपा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले अर्थतन्त्रका वर्तमान सुचाङ्क हेर्दा भोलीको भविष्य सुरक्षीत होला भन्ने आशा नभएको बताए ।
उनले भने ‘अर्थतन्त्रका वर्षमान सूचाङ्कहरु हेर्दा भोलिको भविष्य राम्रो होला भन्ने लाग्दैन । आर्थिक वृद्धिदर घट्दै आएको अवस्था छ । मुलुकको वर्तमान अवस्थामा २ खर्ब बढी आम्दानी भन्दा बढी खर्च रहेको छ नयाँ सरकार बनेपछिको तथ्याङ्क हो । खर्च कटौती कसरी गर्नुपर्छ भन्ने विषयमा जानकारी दिनको लागि समितिमा अर्थमन्त्रीलाई तत्काल बोलाउनुपर्छ । अबको अर्को बैठकमा अर्थमन्त्री बैठकमा हुनुपर्छ । सरकारसँग सांसदहरूले खर्च कटौतीका विषयमा जानकारी मागेको माग्यै छौँ । तर सरकारले जानकारी दिएको छैन । कि त सरकारले नीतिगत निर्माणमा गलत गर्नुपर्यो । अहिले हामी अति संवेदनशील अवस्थामा छौँ ।’
संवाददाता । मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित