सुर्खेत । जेठ १० गतेदेखि कर्णाली प्रदेश सभाको बजेट अधिवेशन सुरु हुने भएको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले जेठ १० गते दिउँसो ३ बजे बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरेको हो । अधिवेशनमा सरकारको नीति, कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । यसअघि १७ वैशाखमा प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको थियो ।
संवाददाता । शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित