Karnali Media
२०८३ असार २८ , आइतबार

दैलेखमा नक्कली परीक्षार्थी पक्राउ



दैलेखको गुराँस गाउँपालिका २ मा रहेको शान्ति माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको दैलेख प्रहरीले जनाएको छ । शान्ति मावि सेरी परीक्षा केन्द्रबाट दुल्लु नगरपालिका १३ की सङ्गीता शाहीको परीक्षा दुल्लु नगरपालिका १३ कै कल्पना वलीले दिई रहेका वेला चेकजाँच गर्दा नक्कली परीक्षार्थी रहेको पाइएपछि पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।

कक्षा १२ को ऐच्छिक नेपाली विषयको परीक्षा नक्कली परीक्षार्थी वलीले दिइरहेको पाइएपछि केन्द्राध्यक्षले दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाएका थिए । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रमुख लम्सालले बताए ।


प्रकाशित मिति : २०८० जेठ ६ गते शनिबार