नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले सरकारले आर्थिक बर्ष २०८०/८१ को लागि ल्याएको नीति तथा कार्यक्रमको कहाँ पुग्ने भन्ने कुनै गन्तव्य नरहेको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधि सभामा प्रतिपक्षी नेताको दलका रुपमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम आफैमा शुन्य रहेको पनि टिप्पणी गरे । यो नीति तथा कार्यक्रमले देशको विकास गर्न नसक्ने बताउँदै उनले भने, ‘अहिले देशको आर्थिक अवस्था उच्च विन्दुबाट एक्कासी तल झर्नु र देशको आर्थिक अवस्था कमजोर बन्नु नेपाली काँग्रेस र माओवादी गठबन्धन प्रमुख कारण हो ।’ यो गठबन्धन देश र जनताको दुःखको कारण बनेको पनि उनले आरोप लगाए ।
संवाददाता । आइतबार, जेठ ०७, २०८० मा प्रकाशित