Karnali Media
२०८३ साउन १४ , बिहीबार

सुर्खेतमा जेठ १३ गते पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन गरिने



सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहको यही जेठ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ ।

नागरिक अभिनन्दन समारोहमा पूर्वराजा, रानी र राजपरिवारका केही सदस्यहरु पनि सुर्खेत आउने कार्यक्रम रहेको नागरिक अभिनन्दन मुल समारोह समितीले जनाएको छ । जेठ १३ गते दिउँसो २ बजेबाट वीरेन्द्रनगरको घण्टाघर अगाडिको खुल्ला मन्चमा नागरिक अभिनन्दन समारेह हुनेछ ।


आइतबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै नागरिक अभिनन्दन मुल समारोह समितीका संयोजक मुकुन्दश्याम गिरीले सुर्खेतको विकासमा स्वर्गिय राजा वीरेन्द्रको महत्वपूर्ण योगदान रहेकोले नागरिक अभिनन्दनको आयोजना गरिएको जानकारी दिए । उनले भने, ‘सुर्खेतको अहिलेको जुन अवस्था छ । यो अवस्था निमार्ण गर्नको लागि स्वर्गिय राजा वीरेन्द्रले २०२९ सालमा सुर्खेतमा पहिलो पटक सवारी भएर वीरेन्द्रनगरको एउटा खाका बनाउनुभएको थियो । त्यो खाका बनाउने क्रममा राजाका साथमा त्यतिखेरका अधिराजकुमार ज्ञानेन्द्र र अधिराजकुमार धिरेन्द्र दुबै भाइहरु पनि बुलबुले भन्दा पूर्वपट्टिको खेतमा स्थापना गरिएको क्याम्पमा बसेर यसको उहाँहरले यसको खाका निमार्ण गर्ने क्रममा राजाका तीनैजना दाजुभाइहरुको योगदान देखेका थियौ । र यही महत्वपूर्ण योगदानका कारणले पनि सुर्खेतमा राजाको नागरिक अभिनन्दन गर्न लागिएको हो ।’यस्तै २०६२ सालमा राजा ज्ञानेन्द्र सुर्खेत आउँदा वीरेन्द्रनगरका तत्कालिन मेयर मुकुन्दश्याम गिरीले मध्यपश्चिम विकास क्षेत्रका क्षेत्रीय कार्यालयहरु नेपालगन्जबाट सुर्खेत सार्न, सुर्खेतको कालागाउँमा क्षेत्रीय अस्पताल (हालको प्रदेश अस्पताल)को निमार्ण कार्य सुरु गर्न र तत्कालिन मध्यपश्चिम विकास क्षेत्रको हिमाली जिल्लाका जडिबुटीहरु सुर्खेत ल्याएर भण्डारण र प्रसोधन गर्ने केन्द्र बनाउन गरेको अनुरोध राजाले काठमाडौं पर्किएको १० दिनमा नै पुरा गरेको पनि संयोजक गिरीले बताए ।

प्रकाशित मिति : २०८० जेठ ७ गते आइतबार