Karnali Media
२०८३ जेठ २८ , बिहीबार

भ्रष्टाचारीको कारबाही प्रक्रिया रोकिए सडक र सदन तताउने ज्ञानेन्द्र शाहीको चेतावनी



राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारी र अपराधीलाई कारबाही गर्न सरकारलाई आफ्नो पार्टीबाट रचनात्मक सहयोग हुने बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै शाहीले भ्रष्टाचारीलाई कारबाही गर्ने सम्बन्धमा सरकारलाई राप्रपाले रचनात्मक सहयोग गर्ने बताएका हुन्।

उनले कारबाही प्रक्रिया रोकिए सडक र सदन तताउने चेतावनी समेत दिएका छन्।


‘यो कारबाही गर्न कसले रोक्दो रहेछ हेरौं। यदी यो रोकियो भने राप्रपाले सडक र सदन दुबै ठाउँबाट आन्दोलन गर्छ,’ उनले भने।

 

प्रकाशित मिति : २०८० जेठ १० गते बुधबार